बाल विवाहका आरोपित गिरफ्तार

राजविराज, ५ फागुन । चौध वर्षीया एक बालिकासँग विवाह गर्ने धनुषा जिल्ला गोपालपुर गाविस–९ हारसरका ४० वर्षीय कलाम राइनलाई प्रहरीले राजविराज–२ बाट गएराति पक्राउ गरेको छ ।
बालिकासँग गत शुक्रबार विवाह गरी पीडितकै घरमा बसेको सूचनाको आधारमा राइनलाई गिरफ्तार गरिएको
जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
पीडित बालिका र आरोपितको गएराति नै राजविराज नपा–३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
आरोपितको जेठी पत्नीतर्फ दुई छोरा छन् । आरोपितविरुद्ध आज जबर्जस्ती करणीको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।
कानुनले बाल विवाहलाई पूर्ण निषेध गरेको भएपनि नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ । तीमध्ये करिब साढे पाँच लाख किशोरी त १९ वर्ष अगावै आमा बन्ने गरेका छन् ।
ऐनमा बालविवाहलाई पूर्ण निषेध गरिएको भएपनि व्यावहारिक जीवनमा भने पालना नभएको महिला तथा बालबालिका कार्यालयका अधिकृत सुशीला चौधरीले बताउनुभएको छ ।
नेपालको कानुनअनुसार विवाहका लागि परिवारको मन्जुरी भए न्यूनतम १८ वर्र्षको उमेर पुगेको हुनुपर्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.