वैदेशिक रोजगारका कार्यालय शनिबार पनि खुल्ला

विभागका सूचना अधिकृत बद्री कार्कीले विभाग ७ देखि १ बजेसम्म र शाखा कार्यालय विहान १० बजेदेखि ५
बजेसम्म खोलिएको बताए । ‘विभागमा भीडभाड नघटेसम्म यसलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘अब भीड देखाएर श्रम स्वीकृति रोक्ने कर्मचारी कारबाहीको भागीदार बन्नेछन्
विभागले शनिबर संस्थागत ढंगले ११ सय कामदारको श्रम स्वीकृति दिएको जनाएको छ । विभागका महानिर्देशक कृष्णहरि पुस्करले व्यक्तिगत तथा पुनः दर्ताका पेन्डिङमा रहेका अधिकांश श्रम स्वीकृतिका फाइल स्वीकृति दिइएको जानकारी दिए । ‘विभागको संरचना सुधार सुरु भइसकेको छ,’ उनले भने, ‘विभागको सुधारमा जोसुकै बाधक भए पनि उनीहरु कारबाहीको भागीदार हुनेछन् ।
पछिल्लो समय प्रथम श्रमस्वीकृति र अन्तिम श्रम स्वीकृति गर्दा त्यहाँका कर्मचारीले फाइलमा रहेका कर्मचारीको संख्या हेरेर रकम असुली गरेको भन्दै विभाग नै बदनाम हुन थालेको नयाँ पत्रिकामा खबर छ । कर्मचारी युनियनको सिफारिसमा गएका कर्मचारी विभागका महानिर्देशकलाई पनि नटेर्दा कामदारको फाइल सदर हुन लामो समय लाग्ने गथ्र्यो ।
0 comments
Write Down Your Responses