जीप दुर्घटनामा परी एक दर्शनार्थीको मृत्यु

मनोज बुढाथोकी खोटाङ माघ १७ 
 खोटाङको हलेसीमा दर्शन गरेर घर फर्कने क्रममा भएको जीप दुर्घटनामा एक दर्शनार्थीको मृत्यु भएको छ।
दुर्घट्नामा सात जना घाइते भएका छन्।
 हलेसीमा दर्शन गरेर फर्कनेक्रममा बा ८ च १६११ नम्बरको जीप दुर्घटना हुँदा मोरङको कसेनी ६ का ७१ वर्षीया कमला बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।
 पश्चिमी गाबिस बाहुनीडाडा १ बयाक्तामा शुक्रबार बिहान भएको दुर्घट्नामा मृतक बस्नेतकी ७३ वर्षीय श्रीमान लोकबहादुर बस्नेत, २८ वर्षीय सन्देश खत्री र २५ वर्षीया सुजा खत्री, इटहरी ५ का ५२ वर्षीया लक्ष्मी परियार, ३५ वर्षीया रमा खड्का, २५ वर्षीया सुनिता श्रेष्ठ र धरान १५ की जानुका निरौला घाइते भएको प्रहरीले जनाएको छ।
 दुर्घटनाका घाइतेमध्ये लोकबहादुरको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी  कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताए। सडकमा खसेको पहिरोबाट जीप पार गराउनेक्रममा अनियन्त्रित हुँदा जीप पल्टिएको अनुमान गरिएको प्रहरी चौकी च्यास्मिटारका असइ सतुरधन राउतले बताए ।राउतका अनुसार अनुसन्धानका लागि जीप चालकलाई नियन्त्रणमा लिइएको छ।स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि घाइतेहरुलाई थप उपचारकालागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। ९ जना सवार रहेको जीप सडकबाट झण्डै ६० फिट तल खसेको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.