बलात्कारी पक्राउ

तानसेन,फागुन १७–बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको ।जिल्लाको बन्दीपोखरामा एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बन्दीपोखरा–१ का १८ वर्षीय सन्तोष विक र सोही ठाउँकै १८ वर्षीय मानवहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी
कार्यालय पाल्पाले जनाएको छ ।
पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिए ।
यही फागुन १३ गते राति ती दुई अभियुक्तले बालिकालाई आफ्नै घरमा पु¥याई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनको भनाइ छ ।
पीडित बालिकाका आफन्तले रातभरि बालिका घरमा नआएपछि हराएको सूचना दिएकोमा अर्को दिन फेरि भेटिएको सूचना प्रहरी कार्यालयमा दिएका थिए । १३ गते राति १० बजे घटना घटेको भए पनि भोलिपल्ट मात्र त्यसको रहस्य खुलेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.