मकवानपुरमा चट्याङले १० जना घाइते

घाइतेहरुको अहिले भीमफेदी प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको भीमफेदी इलाका प्रहरी कार्यालयले
जनाएको छ ।
कोगटे गाविस वडा नं २ र ३ तथा भीमफेदी गाविस वडा नं ५ मा बिहान २ र ३ बजेतिर परेको चट्याङले उनीहरु घाइते भएका हुन् ।
घाइतेहरुलाई सो केन्द्रमा प्राथमिक उपचार गरेपछि हेटौँडा अस्पताल ल्याई थप उपचार गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर अहेरले बताउनुभयो ।
0 comments
Write Down Your Responses