नवलपरासीका २० प्रतिशत युवा कुलतमा

५ फागुन, परासी । नवलपरासीमा करिब २० प्रतिशत युवाहरू लागुऔषधको कुलतमा परेको एक अध्ययनले देखाएको छ ।
पछिल्लो पटक प्रहरीले लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरेकाको तथ्याङ्क हेर्दा लागुऔषधको कुलतमा युवा पिँढी बढी भेटिएका छन् ।
नेपाल-भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने गर्दछ । यसका लागि नेपालकै मुख्य नाका बर्दघाटदेखि सुनवलसम्मको इलाका बन्ने गरेको छ ।प्रहरीका अनुसार पछिल्लो तीन महिनामा एक दर्जन लागुऔषध दुव्र्यसनीलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती सबै २० देखि ३५ वर्ष उमेर समूहको रहेको प्रहरी स्रोतको भनाइ छ ।
ब्राउन सुगरबाहेक स्पासमो, फेन्सी डिल, टिडिजिसी भारतमा निर्वाध रुपमा बिक्री वितरण हुने भएकाले पनि यो भारतको बाटो भएर नेपाल भित्रिने गरेको प्रहरीले जनाएको छ ।
स्पासमो, फेन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.