५ वर्षकी बालिका हिरासतमा

बच्चा फालेर हत्या गरेको आरोपमा धनुषाको धारापानी-७ की अमिता राणा मगरलाई प्रहरीले पक्राउ गरेपछि उनीसँगै पाँच वर्षकी छोरी पुनम इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाको हिरासतमा दिनरात काट्न बाध्य भएकी हुन् ।घरमा छोरीलाई राख्ने कोही नभएको कारण आफूसँग राखेको अमिताले बताइन् ।
परपुरुषसँग राखेको यौन सम्बन्धबाट गर्भ बसेपछि सिरहा जमदह-३ स्थित माइतमै बस्दै आएकी अमिताले गत माघ २३ गते छोरा जन्माएकी थिइन् । तर २४ घन्टा नबित्दै अमिताले बच्चा मारेर जमदह-३ स्थित खेतमा फालेकी थिइन् ।
0 comments
Write Down Your Responses