फरार कैदी ८ बर्षपछि पक्राउ
खोटाङ,फागुन २– सशस्त्र द्धन्द्धका समयमा जिल्ला कारागार शाखा खोटाङबाट भगाइएका एक कैंदी ८ वर्षपछि
पक्राउ परेका छन् । तत्कालिन नेकपा माओबादीले कारागार आक्रमण गरी कारागार शाखाबाट भगाएका उत्तरी गाबिस खार्ताम्छा–६ का ज्ञानबहादुर बिश्वकर्मा फरार रहेको ८ वर्षपछि पुःन पक्राउ परेका हुन् ।
आफ्नै सासुको हत्या गरेको आरोपमा जेल जीवन बिताइरहेका अवस्थामा भगाइएका बिश्वकर्मालाई बिहिबार बिहान घरबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिए । उनलाई जिल्ला अदालतका कर्मचारीसहित गएको प्रहरीको टोलीले पक्राउ गरेको हो । बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ ।
प्रहरी निरिक्षक बस्नेतका अनुशार २० वर्ष कैंद सजाय सुनाइएका बिश्वकर्मा कारागारमा राखिएको २१ दिनपछि भगाइएको थियो । २०६२ साल असार ५ गते भएको कारागार आक्रमणका क्रममा कारागारमा राखिएका ६६ कैंदीहरु भगाइएको थियो । पक्राउ परेका कैंदीलाई जिल्ला अदालतमा उपस्थित गराएर पुःन कारागार चलान गरिने प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses