लालपुर्जा बनाइदिने लोभ देखाएर मुक्तकमैयाको पैसा असुली

रजवारा गाउँ निवासी जितबहादुर थारु र ज्ञानबहादुर थारुले आफूहरुलाई लालपुर्जा नयाँ बनाइदिने लोभ देखाउँदै ठगी गरेको आरोप मुक्तकमैयाले लगाएका छन्। ‘तिमीहरुको लालपुर्जा नक्कली हो, नयाँ लालपुर्जा बनाउनुपर्छ, कित्ताकाटका लागि पनि पैसा चाहिन्छ’ भन्दै प्रतिव्यक्ति पैसा असुली गरेको आरोपमा उनीहरुलाई कारबाहीको माग गरिएको छ ।
नेपाल मुक्त कमैया शिक्षा तथा गरिबी निवारण कार्यक्रम निगरानी सञ्चालन समिति परिचालन तथा अनुगमनका क्रममा सूर्यपटुवा गाविस–९ रजवारा गाउँमा मुक्तकमैयाको नाममा लालपुर्जा नयाँ बनाइदिने लोभमा पैसा उठाएको खुलेको हो।
जितबहादुर र ज्ञानबहादुर दुवैले पुरानो लालपुर्जा बदर गरी नयाँ लालपुर्जा बनाउने उद्देश्यले मुक्तकमैयालाई झुक्याउने उद्देश्यले पैसा उठाएको स्विकारेका छन् । रासस
0 comments
Write Down Your Responses