एक किलो सुन सहित दुईजना पक्राउ

सिन्धुपाल्चोक २ फागुन । चीनको खासाबाट तस्करी गरी काठमाडौं लान लागिएको एक किलो सुन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सीमा प्रहरी चौकी तातोपानीले शुक्रबार अपरान्ह चेकजाँचका क्रममा सुन र तस्करीमा संलग्नलाई पक्राउ गरेको हो ।काठमाडौं तर्फ गइरहेको बा.९.च १४९० नम्बरको निजी कारलाई
चेकजाँच गर्दा कारमा बसेका दीपक श्रेष्ठको साथबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले कार चालक छिरिङ फिन्जो लोप्चन र श्रेष्ठलाई पक्राउ गरेको छ । १ किलो सुनलाई ८ टुक्रा बनाएर ६ टुक्रा दुईवटा जुत्ता भित्र र २ टुक्रा पर्समा श्रेष्ठले राखेका थिए ।
प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.