मिस टिन कलेजको उपाधि मलुसा रानालाई

सिजन मिडियाद्धारा प्रथम पटक आयोजित मिस टिन कलेज २०१४को उपाधि मलुसा रानामगरले हात पारेकी छन्।द ब्रिटिस कलेजमा एलेभलमा अध्ययनरत प्रतियोगी नं. ३३ कि मलुसाले टिभिएस स्ट्रिट स्कुटर र
एसीयन कलेज अफ म्यानेजमेन्ट मा पढ्नको लागि फूल स्कोलरसिप साथै अन्य गिफ्ट ह्याम्परहरु प्राप्त गरीन्।
 यस्तै मिस इन्टरनेशनल २०१२ की विजेता सुभेक्षा खड्काले ताज पहिरियाइ दिएकी थिइन।
 अन्तिम ७ छनौटमा वर्तमान अवस्थाको विद्युत कटौतीलाई कसरी लिनु हुन्छ भन्ने  प्रश्नमा  मोलीसा रानामगरले वैकल्पिक उर्जालाई प्राथमिकता दिनु पर्ने धारण राखेकी थिइन ।
 उनले छोटो उत्तर दिदै विद्युत कटौतीले देशको अर्थतन्त्रमा गिरावट आएको उद्योग कलकारखानालाई मार परेको विद्यार्थीहरुलाई पठनपाठनमा असर परेको भन्दै त्यसलाई समाधान गर्न बैकल्पीक उर्जालाइ समेत प्राथमीकता दिनुपर्ने बताएकी थिइन।
 उनले दिएको यहि उत्तरलेनै उनलाई ताजका लागि योग्य बनायो।
 त्यस्तै न्यूसमिट कलेजमा अध्ययनरत छात्रा शान्तिमाया तामाङ फस्ट रनरअप तथा ओरीयन्ट कलेजकी छात्रा सवनम भण्डारी सेकेन्ड रनरअप भइन् ।
फेसबुक मल्टिमिडिया अर्वाडसमेत हात पारेकी भण्डारीले नगद १५ हजार पाएकी थिइन् ।
 अन्य विधामा सिटिभि मोवाइल मिस प्रशनालीटी र अर्गनाइजर च्वाइस  दिक्षा क्षावलीले पाइन त्यस्तै एसीयन कलेज मिस ट्यालेन्ट अर्वाड र भियोर्स च्वाइस अर्वाड सामना मर्हजनले जिल्न सफल भइन भने सुश्मा अधिकारीले वेष्ट स्कीन अर्वाड र मिस पङ्चुवालीटी अर्वाड जित्न सफल भइन ,फोटो जेनीक अर्वाड र मिस पपुलर अर्वाड जोनीका खकुरेलले हात पारीन ,वेष्ट वाक ललना खाएजु, मिस फेन्डसीप सार्वानी खनाल ,वेष्ट हेयर स्मारीका श्रेष्ठ, मिस डिसिपिलिन वर्षा केसी र फिरिरि यूरोपा वेष्ट डे्रस टुइङ्कल चौधरीले हात पारीन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.