हिउँमा अलपत्र एकको मृत्यु, ६ जनाको उद्दार

काठमाडौ, फागुन १६ 
मनाङ हुँदै मुस्ताङको थोराङपास मुक्तिनाथ जाँदै गर्दा हिउँमा फसेका पदयात्रुलाई नेपाली सेनाले उद्दार गरेको छ ।
 वीरगन्जबाट गएका सातमध्ये एक जनाको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।
 सेनाको टोलीले उनीहरुलाई १७ हजार फिट उचाईबाट उद्दार गरेको हो ।
 बुधबार मुस्ताङबाट जोमसोमतर्फ हिँडेका एक यात्रुको हिउँका कारण मृत्यु भएको सेनाले जनाएको छ घटनाबारे जानकारी पाएलगत्तै मुस्ताङस्थित कालिदत्त गुल्मबाट उप सेनानी दिनेश भण्डारीको नेतृत्वको नौ जनाको उद्दार टोली घटनास्थल पुगेको थियो ।
 ६ जनालाई जोमसोम ल्याई उपचार थालिएको सेनाले जनाएको छ ।
 मृत्यु हुनेमा वीरगञ्ज निवासी ऋषि वर्नवार छन् ।
 शवलाई जोमसोमस्थित प्रशासन कार्यालयमा बुझाइएको नेपाली सेनाले बताएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.