दमकमा दिनदाहाडै गोली चल्यो, एक गम्भीर

बिनोद सापकोटा झापा,फागुन १६ 
प्रहरीले गोली चलाएको स्थानीयको भनाई
झापाको दमकमा आज दिनदहाडै गोली चलेको छ।
 अपरान्ह साढे ४ बजे भएको घटनामा एकजना गम्भीर घाइते भएका छन्।
 घाइतेको कोखामा गोली लागेको र उनको अवस्था गम्भीर रहेको समचार स्रोतले जनाएको छ।
 कोखामा गोली लागि घाइते हुनेको ठेगाना नखुलेपनि उनी  राम राई भएको बुझिन आएको छ । तर, प्रहरीले नाम पुस्टी गरेको छैन।
 दमक १५ मा भएको उक्त घटनाका अर्का फरार भएको बुझिएको छ। उनको पनि वतन र नाम दुवै खुल्न सकेको छैन।
 एक स्रोतका अनुसार दुबै शरणार्थी शिबिरका भुटानी शरणार्थी भएको खुल्न आएको छ यसको पनि प्रहरीले पुस्टी गरेको छैन।
 दमक आसपास क्षेत्रमा बिभिन्न अपराधिक घटनामा घाईते र फरार दुबै संलग्न रहेको हुन सक्ने नाम नबताउने गरी एक प्रहरीले दाबी गरेका छन।
 अपरान्ह ४ बजेतिर दमक १५ मा रहेका राई सहित दुईजनालाई पक्राउ गर्न जाने क्रममा प्रहरीले उनीहरुमाथि गोली चलाएको आशंका गरिएको छ। सो समूहले पहिले कटुवा पेस्तोल देखाएर प्रहरी माथी गोली चलाउन खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको स्थानीयबासीले बताए।
 यस घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा पटक पटक बुझ्दा पनि प्रहरीले घटना सार्वजनिक गरेको छैन।पत्रकारलाई समेत प्रहरीले सूचना दिन आनाकानी गरेको छ।
 ईलाका प्रहरी कार्यलय दमकमा सम्पर्क राख्दा ड्युटिमा रहेका प्रहरीले घटनाका बारेमा सञ्चारमा जानकारी नभएको बताए।
 एक प्रहरीले भने,'संचारमा केहि जानकारी आएको छैन तपाईलाई कसरी भन्नु?
 ईलाका प्रहरी कार्यलयका इन्चार्ज बृजकिशोर चौधरीले बोकेको मोबाइल पनि घटना लगत्तै स्वीच अफ गरिएको छ।
 प्रहरीले घटनाका बारेमा जानकारी नगराउनु र चौधरीले मोवाईल अफ गर्नुमा केहि रहस्य रहेको हुन सक्ने संचारकर्मीले बताएका छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.