श्रीमान् विदेसमा श्रीमती परपुरुषसँग

कमाएको रकम आमाबुवा भन्दा पनि श्रीमतीलाई बढी विश्वास गरेर उनकै नाममा पठाए । चुन्नुकी श्रीमती अजमेरी खातुनले श्रीमान्ले पठाएको रकमले आफ्नै नाममा जग्गा किनिन् । छिमेकीले चुन्नुको प्रगतीको प्रशंसा समेत गरे ।
तर, जब अजमेरीले चुन्नुलाई धोका दिएर परपुरुषसँग विहे गरेको थाहापाए चुन्नु छाँगाबाट खसेजस्तै भए । जिन्दगी सुखसँग विताउने उनको योजना बालुवाको घर भयो। उतिनखेरै भत्कियो ।
अजमेरीले डेढ वर्षीय छोरीलाई घरमै छाडेर हिँडेको थाहा पाएपछि चुन्नु न्याय दिलाई पाउँ भन्दै अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा गुहार लगाउन पुगेका छन् ।
भारत सितामढीकी अजमेरीले आफूले कमाएको सबै रकम लिएर गएको र विदेस जाँदा लिएको ऋण समेत नतिरेकोले जीवन बर्बाद भएको भन्दै उनलाई जसरी पनि घर फर्काउन सहयोग गरिदिन चुन्नुले प्रहरी समक्ष अनुरोध गरेका छन् ।
अजमेरी माइत गएर बसेकीले खोजतलाश गर्न त्यहाँको प्रहरीसँग समन्वय गरिएको र छिट्टै उनलाई बोलाएर मामिलाको जाँच अगाडि बढाइने प्रहरी सहायक निरीक्षक सुभद्रा आलेले बताइन्।
यसरी धनुषा जिल्लामा श्रीमान् विदेस गएपछि परपुरुषसँग प्रेम गरेर छोराछोरीलाई अलपत्र पारी श्रीमतीले घर छाडेर हिँड्ने क्रम बढेको छ ।
६ महिना भित्र जिप्रका धनुषामा १७ जना पीडित पुरुषहरुले न्याय दिलाइदिन अनुरोध गर्दै उजुरी दर्ता गराएका छन्। श्रीमतीबाट पीडित हुनेहरुमा अधिकांश वैदेशिक रोजगारीबाट फर्केका पुरुषहरु रहेका प्रहरी कार्यालयले जनाएको छ।
'विदेसमा दिनरात मेहनत गरेर कमाएको रकम घर पठाउँदा अधिकांश पुरुषहरुले श्रीमतीकै नाममा पठाउने गरेका छन् । नेपालमा भने श्रीमतीले उक्त रकमलाई आफ्नो मौजमज्जामा खर्च गर्छन् । कतिपयले घरपरिवार समेत छाड्ने गरेको उजुरी हामीकहाँ आइपुग्छन्, ' महिला सेल प्रमुख आलेले बताइन्।
श्रीमान् विदेस गएपछि छोराछोरीलाई पढाउनका लागि गाउँबाट आएर शहरमा बस्ने गरेकी महिलाहरुलाई लक्षित गरेर उनीहरुलाई फसाउने तथा श्रीमानले विदेसबाट पठाएको रकम समेत ठग्ने कार्यमा केही युवाहरु सक्रिय रहेको र उनीहरुले ती महिलाहरुबाट सबै रकम ठगेपछि पछि अलपत्र छाड्ने गरेको समेत अवस्था रहेको हुनाले अन्तमा पुनः महिला नै पिडित हुने गरेको तर्क महिला नेत्रृ मुन्नी दासको छ।
दास भन्छिन्, ' महिलाहरु क्षणिक सुखको लागि आफ्नो घरपरिवार र छोराछोरीलाई समेत छाडेर हिँड्ने गर्छन् त्यतिबेला उसको श्रीमान् पीडित भएजस्तो लागेपनि पछि महिलालाई नै पीडा भोग्नु परेको थुप्रै उदाहरणहरु हामी कहाँ छन्।'
0 comments
Write Down Your Responses