हातहतियारसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।

सितापाइला गाविस वडा नं ६ स्थित फस्कु चोकमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा१ज ७६७० नं को ट्याक्सीमा तीन वटा हतियार र गोलीसहित ती व्यक्तिलाई
समातेको थियो । जिल्ला प्रशासन कार्यालय बबरमहलबाट हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी उनीहरुमाथिको अनुुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यक्तिहरुमा सोलुखुम्बु–१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने शुभराम बस्नेत, काठमाडाँै मालीगाउँ बस्ने लीलाबहादुर खड्का, धरान घर भई हाल मण्डिखाटार बस्ने सचिन शर्मा, मालीगाउँ बस्ने जोन खड्का र सितापाइला बस्ने राकेश विक्रम शाही छन् ती व्यक्तिबाट म्यागनम टु टु हतियार एक थान र गोली ११ राउन्ड, म्यागनम टु टु हतियार एक थान र गोली ४३ राउन्ड र सटगन एक थान र गोली १६ राउन्ड बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.