बालिका बलात्कारका आरोपितलाई दस वर्ष कैद

२१ फागुन, राजविराज । जिल्ला अदालतले आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३० वर्षीय सुरेन्द्रप्रसाद साहलाई १० वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला न्यायाधीश तेजनारायण पौडेलको आदेशले भारत विहार मधुवनी जिल्ला भवानीपुर ग्राम घर भई विष्णुपुरमा बस्दै आएका साहलाई १० वर्ष कैद ठहर गर्नुका साथै पीडितलाई आरोपितबाट ५० हजार क्षतिपूर्ति भराइ दिने फैसलासमेत गरेको छ ।
आरोपितले विसं २०६४ वैशाखमा बालिकालाई बलात्कार गरेपछि बेहोस अवस्थामा उद्धार गरी राजविराजस्थित अञ्चल अस्पतालमा उपचार गरिएको थियो । आरोपित भने हालसम्म फरार रहेका छन् । आरोपितलाई प्रहरीले फेला पार्न नसकेपछि अदालतले मुल्तबी जगाई फैसला गरेको दायरी फाँटका सुखराम मोक्तानले जानकारी दिए ।
पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०६४ वैशाख ७ गते जर्बजस्ती करणी मुद्दा दर्ता गरेको थियो । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.