यौन दुव्र्यवहारमा परेकी किशोरीले गरिन् आत्मदाह

इस्लामाबाद, चैत १ – आफूलाई बलात्कारको प्रयास गर्नेहरुलाई प्रहरीहरुले छाडेपछि एक पाकिस्तानी किशोरीले आत्मदाह गरेकी छिन् । आत्मदाह गरेको एक दिनपछि आज उपचार क्रममा उनको मृत्यु भएको छ
प्रहरी अधिकारीहरुका अनुसार १८ वर्षीय अमिना बिबीले दक्षिणी पञ्जाबमा रहेको मुज्जाफरगढमा रहेको प्रहरी कार्यलय अगाडि आत्मदाह गरेकी हुन् । गत जनवरीमा कलेज जाने क्रममा आफूमाथि यौन दुरव्यवहार गर्ने केहीलाई प्रहरीले राम्रोसँग छानबिन नगरेको उनको आरोप थियो ।
अमिनाले आफूमाथि यौन दुव्र्यवहार भएपछि प्रहरीमा रिपोर्ट गरेकी थिइन् । त्यसका मुख्य आरोपीहरुलाई प्रहरीले समातेपनि पछि धरौटीमा रिहा गरेको थियो । यस घटनामा संलग्न अरुको भने पहिचान नै हुन सकेको थिएन । प्रमाण नभेटिउको भन्दै पक्राउ परेका आरोपीहरुमाथि लगाइएको मुद्दा पनि बिहिबार हटाइएको थियो ।यो सुनेपछि अमिना प्रहरी कार्यालयमा पुगेकी थिइन् । त्यसको केही बेरपछि उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
पञ्जाबमा मुख्य मन्त्री सबनाज सरिफले यस विषयमा छानबिन गर्ने निर्देशन दिएकी छिन् ।
पाकिस्तानमा बलात्कारका मुद्दामा कमै मात्र फैसला हुने गरेको बिबिसीले जनाएको छ ।
यस घटनापछि पाकिस्तानमा विरोधका स्वरहरु गुन्जिन थालेका छन् । विशेष गरेर सामाजिक सञ्जालहरुमा यसको व्यापक विरोध भइरहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.