अमेरिका अफगान सम्बन्ध चिसिँदै

नेटो सैनिकको बसाई लम्बाउने वा नलम्बाउने भन्ने बारेमा विवाद कायम रहेकै बेला यो पछिल्लो हत्याका कारण यी दुई देशका बीचको सम्बन्धमा थप चिसोपना आउनसक्ने अनुमान गरिएको छ पूर्वी अफगानिस्तानमा बिहीबार नेटो सैनिकले गरेको हवाई आक्रमणमा पाँच अफगान सैनिकको मृत्यु भएको समाचारलाई नेटोले भने भूलबस हुन पुगेको भन्दै दुःख मनाउ गरेको छ ।
नेटोसँग आबद्ध संयुक्त सेनाले बिहीबार गरेको हवाई हमलामा परी ती सैनिकको निधन भएको भन्दै यो घटनाको अनुसन्धान भइरहेको जानकारी नेटोले एक विज्ञप्ति प्रकाशन गरेर दिएको छ । यस घटनामा पाँच अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य आठ घाइते भएको अफगानिस्तानको प्रतिरक्षा मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका प्रवक्ता जाहिर आजिमीले सो जानकारी दिएका हुन् । यसअघि पनि अफगानिस्तानमा गर्ने गरिएको हवाई आक्रमणमा सुरक्षाकर्मी र नागरिक हताहतिलाई लिएर अमेरिका र अफगानिस्तानबीच विवाद हुँदै आएको छ ।
नेटो सैनिकले गर्ने गरेको यस्तो हवाई हमलाका क्रममा सर्वसाधारण नागरिक पर्ने गरेको भन्दै अफगान सरकारले त्यसको विरोध गर्दै आएको छ । उक्त हत्याप्रति माफी माग्दै नेटोका प्रमुखले आगामी दिनमा यस्तो घटना नहुने बताउनुभएको छ भने अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीका प्रवक्ताले सो घटनाको गम्भीर रुपमा अनुसन्धान हुनुपर्ने बताएका छन्
0 comments
Write Down Your Responses