नारी दिवसमा राजधानीमा साइकल र्याली

विश्व साइकल यात्री पुस्कर शाहाको अगुवाइमा हुने र्यालीको समापनपछि नेपालका ख्याती प्राप्त ब्याण्ड तथा गायक गायिका बाट सांगितिक प्रस्तुती हुने आयोजकले बताएको छ ।
विगतका वर्षमा जस्तै र्यालीबाट उठेको रकम दोलखाको कुटीडाडा मावीको पुस्तकालय स्थापनामा सहयोग गरिने बताइएको छ । यस वर्ष समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधि गर्दै करिब तीनस महिला पुरुष तथा बालबालिकाको र्यालीमा सहभागीता रहने अपेक्ष गरिएको र्याली संयोजक श्रद्धा ठकुरीले बताइन् ।र्यालीमा सहभागी यात्रीहरुलाई विभिन्न डोर प्राइजको समेत व्यवस्था गरिएको छ । जसअन्तर्गत पहिलो डोर प्राइज पाउनेले काठमाडौं-बैंकक-काठमाडौं दुईतर्फी हवाइ टिकट प्राप्त गर्नेछ । सहभागीहरुले आफुले चलाउने साइकल आˆनै अथवा भाडामा पनि ल्याउन सक्ने छन् । र्यालीमा सहभागी हुनेले रजिष्ट्रेशन फारम भरी विश्व साइकल यात्री प्रतिष्ठानमा बुझाउनुपर्ने संयोजक ठकुरीले जानकारी दिइन् ।
0 comments
Write Down Your Responses