किन भयो नेपाली युबतीको सिमा क्षेत्रमा बिभत्स हत्या ?
सिमा क्षेत्रको भारतीय भुमीमा फेला । सामुहिक बलात्कार पछि हत्या भएको आशंका । यति गम्भिर घटनामा महिला अधिकारवादीहरु मौन पिताम्बर नेपाली,विराटनगर, फागुन २२– फागुन १८ गते साँझ विराटनगर २० स्थित घरबाट अचानक गायब भएकी हरिश्चन्द्र विश्वकर्माकी छोरी २० बर्षकी सुष्मा भोलीपल्ट भारतीय भुमीमा बिभत्स अबस्थामा मृत फेला परिन । नेपाल भारत सिमापारि बिहारको जोगबनी भन्ने नगरेको भेडियारी भन्ने ठाउँमा जमिनमा घोप्टो पारेर फालिएको थियो सुष्माको शरिरलाई । भारतीय प्रहरीले सोझै अनुमान लगाउन गाह्रो भएन , सुष्माको कुनै यौन पिपासूले बलात्कार पछि हत्या गरेको हो ।, तर प्रहरीले सामुहिक हो की एकल हो त्यो भने खुलाउन सकेन । आफन्तलाई भन्यो , तपार्इंहरु पोष्टमार्टमा रिर्पोट आउन्जेल धैर्य गर्नोस ।
तर, घटना भएको पाँचदिन लाग्दा पनि भारतीय प्रहरीले पोष्टमार्टमा रिर्पोट आफन्तलाई दिएको छैन् । र नेपालको प्रहरीले पनि त्यसरी बोल्न नसक्ने र राम्ररी हिँडने पनि नसक्ने सुस्त अपांगता भएकी सोझी युवतीलाई अपहरण गरेर लाने पिपासुको थियो भनेर खोज्न चाहेको छैन् । सुष्माको बस्ती पुर्ब क्षेत्रिय प्रहरी प्रमुखको कार्यालय, तालिम केन्द्र र पुर्व क्षेत्रिय प्रहरी गणसँगै जोडिएको छ । साथै एक किलोमिटर दक्षिण शसस्त्र प्रहरीको सिमा सुरक्षा कार्यालय , भन्सार राजस्ब गस्ती , इलाका प्रहरी र प्रहरी चौकी समेत छ । पारिपट्टि जोगबनीमा भारतीय सिमा सुरक्षाबल जबानहरु डयुटी गर्छन । तर यतिधेरै सुरक्षा निकायहरु हुँदाहुँदै खुल्ला दशगजा क्षेत्रमा कसरी पुग्यो अपांग सुष्माको शब । किन भयो हत्या पत्ता लगाउन प्रहरी असक्षम छ ।
साना झोलेपोके तस्करहरुसँग जस्तोसुकै अबसथामा पैसा असुल्न ध्यान पुग्ने प्रहरीहरुको यति गम्भिर हत्या हुँदा किन ध्यान पुग्दैन । किन गम्भिर अनुसन्धान हुँदैन , हामी अचम्भित भएका छौ , स्थानियबासी बिमला तामाङले भनिन । स्थानियले सुषमाको हत्याको सत्यतथ्य चाँडो भन्दा चाँडो बाहिर ल्याउन बुधबार इलाका प्रहरी कार्यालय रानी घेराउ गरेर प्रर्दशन गरे । स्थानियबासीहरु ईन्टेसमा मात्र काम गर्न चाहने नेपाल पुलितस र नेपालीको भनेपछी अनुसन्धान गर्न चासै नदिने भारतीय प्रहरीको हेपाहा निति बिरुद्ध थप संघर्ष चर्काउने तैयारी थालेका छन । मृतक सुषमका दाजु पुष्प बिश्बर्माले भने,– ‘हामी गरिबको अनाहकमा ज्यान जाँदा राज्यले चासो दिएर अनुसन्धान गर्नुपर्छ की पर्दैन । , मोरगका एसपी बिश्बराज पोखरेलले भारतीय भुमीमा घटना भएकोले बिस्तृत अनुसन्धान गर्ने नमिल्ने तर सुषमालाई अपहरण गरेर लाने को थियो भन्ने बिषयमा अनुसन्धान थालिसकेको जानकारी दिए । भने,–ढिलो होला तर यस्तो जधन्य अपराध गर्नेलाई प्रहरीले छाडदैन ।तर यति गम्भिर घटना भएपनि बिराटसाना झोलेपोके तस्करहरुसँग जस्तोसुकै अबसथामा पैसा असुल्न ध्यान पुग्ने प्रहरीहरुको यति गम्भिर हत्या हुँदा किन ध्यान पुग्दैन । किन गम्भिर अनुसन्धान हुँदैन , हामी अचम्भित भएका छौ , स्थानियबासी बिमला तामाङले भनिन । स्थानियले सुषमाको हत्याको सत्यतथ्य चाँडो भन्दा चाँडो बाहिर ल्याउन बुधबार इलाका प्रहरी कार्यालय रानी घेराउ गरेर प्रर्दशन गरे । स्थानियबासीहरु ईन्टेसमा मात्र काम गर्न चाहने नेपाल पुलितस र नेपालीको भनेपछी अनुसन्धान गर्न चासै नदिने भारतीय प्रहरीको हेपाहा निति बिरुद्ध थप संघर्ष चर्काउने तैयारी थालेका छन । मृतक सुषमका दाजु पुष्प बिश्बर्माले भने,– ‘हामी गरिबको अनाहकमा ज्यान जाँदा राज्यले चासो दिएर अनुसन्धान गर्नुपर्छ की पर्दैन । , मोरगका एसपी बिश्बराज पोखरेलले भारतीय भुमीमा घटना भएकोले बिस्तृत अनुसन्धान गर्ने नमिल्ने तर सुषमालाई अपहरण गरेर लाने को थियो भन्ने बिषयमा अनुसन्धान थालिसकेको जानकारी दिए । भने,–ढिलो होला तर यस्तो जधन्य अपराध गर्नेलाई प्रहरीले छाडदैन ।, तर यति गम्भिर घटना भएपनि बिराटनगरका महिला अधिकारबादीहरु चाँही मौन छन ।नगरका महिला अधिकारबादीहरु चाँही मौन छन ।
0 comments
Write Down Your Responses