जिप दुर्घटनामा सातको मृत्यु, सात घाइते

पुतलीबजार, चैत २ गते । स्याङ्जाको तल्लो गल्याङ्बाट सिर्सेकोट गाविसस्थित अकलादेवी मन्दिरतर्फ जाँदै गरेको लु१ज १४५४ नंको जिप आज बिहान पेलाकोट गाविस–९ मा दुर्घटना हँुदा सात जनाको मृत्यु भएको छ
भने सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जगत्रदेवीका ज्ञानु नेपाली, शोभा मगर,  मनबहादुर नेपाली र  सीता नेपाली, तीनदोबाटेका कमल थापा, कालिकाकोटका सिस्नुमाया सार्की र  पेलाकोटका सुकबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइतेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।
अकलादेवी मन्दिरको दर्शनका लागि हिँडेको  महिन्द्रा जिप कच्ची सडकबाट करिब २०० मि तल खसेको प्रहरीले जनाएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.