मलेसियामा नेपाली युवालाई यतना दिएको आरोप

पाँच महिनाअगाडि इटहरीको द रिभर ओभरसिज प्रालिबाट मलेसियाको केअरमेन सेक्युरिटी कम्पनीमा काम गर्न गएका गाईघाटका ३१ वर्षीय शिवशंकर गुप्तालाई कम्पनीका मालिकले दैनिक यातना दिएर राखेको परिवारले बताएका छन्।
दाजुलाई मलेसियामा यातना दिएको खबर पाएलगत्तै द रिभर ओभर्रिसजमा आएर सकुसल घर फर्काइदिन
अनुरोध गर्दासमेत म्यानपावर कम्पनीले बेवास्ता गरेको भाइ बैजु गुप्ताले बताए।
उनले नेपाल सरकारसँग आफ्ना दाजुलाई मलेसियाबाट सकुसल घर फर्काइदिन आग्रह गरे।
दाजुलाई मलेसियामा दैनिक मालिकले कुटपिट गर्ने, समयमा खान नदिने र काम गरेको तलब पनि नदिएर अन्याय गरेको दाजुले फोनमार्फत जानकारी गराएको भाइ बैजुले बताए।
उनले गलत ढंगले दाजुलाई मलेसिया पु:याउने म्यानपावर सञ्चालकविरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिएका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी विद्यानन्द माझीले म्यानपावर सञ्चालकलाई झिकाएर समस्या समाधान गर्न प्रहरीले सहयोग गर्ने बताए।
ओभरसिज सञ्चालक प्रमोदराज बड्तौलाले शिवशंकरले मलेसियाबाट घर फर्कन चाहेको र गतल आरोप लगाएको दाबी गरे।
0 comments
Write Down Your Responses