कम हिनामिनामा भागवण्डा नमिलेपछि अधिकृतले गराए हाकिमको निवासमा डकैती

जनकपुरधाम : कार्यालयको कामका लागि आएको बजेट भ्रष्टाचार गर्ने कुरामा भागबण्डा नमिलेपछि नेपाल राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रका प्रशासकिय अधिकृतले कार्यालय प्रमुखको आवासमा डकैती गराउनुका
साथै सांघातिक आक्रमण गर्न लगाएको घटना सार्वजनिक भएको छ।धनुषाको बनिनियाँ गाविस ३ हर्दिनाथमा रहेको अनुसन्धान केन्द्रमा माघ १६ गते अबेर राति कार्यालयकै परिसरमा रहेको प्रमुख सुर्य नारायण साहको आवास गृहमा डाँका समुहले आक्रमण गरि सरसामानहरू लुट्नुको साथै साहमाथि आक्रमण गरि घाइते बनाएको थियो।
अभियुक्तहरु दाँयाबाट प्रशासकिय अधिकृत नारायण झा, कार्यालय सहयोगी जय किशोर पासवान, जमाहिर पासवान,दामोदर पासवान र सन्तोष पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिदैं। अभियुक्तहरु दाँयाबाट प्रशासकिय अधिकृत नारायण झा, कार्यालय सहयोगी जय किशोर पासवान, जमाहिर पासवान,दामोदर पासवान र सन्तोष पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिदैं।
सो घटना क्रममा संलग्न व्यक्तिहरुलाई सार्वजनिक गर्न जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो ततथ्य खुलेको हो। धनुषाका प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले कार्यालयका प्रशासकिय अधिकृत नारायण झा र प्रमुख साह बीच कुनै शीर्षकमा कार्यक्रम गर्नका लागि केन्द्रबाट आएको १० लाखको बजेट कोद्वारा परिचालन गर्ने भन्ने कुरामा विवाद उत्पन्न भएको बताए। 'विवाद बढेपछि हाकिम हाकिमलाई ठेगान लगाउनु पर्छ भन्ने मनसायले घटना घटाइएको देखिन्छ', घिमिरेले भने। प्रशासकिय अधिकृत झाले केन्द्रमा कार्यालय सहायकको पदमा कार्यरत जय किसोर पासवानलाई आर्थिक प्रलोभन देखाइ केही पेशेवर अपराधिक व्यक्तिलाई  साहको आवासमा डकैती गर्न र उनलाई कुटपिट गर्न समेत योजना बनाएको प्रहरीले जनाएको छ।
घटनाको तीन दिन पहिले पासवानले डाँका मुद्दामा पहिला पनि जेल भोगिसकेका पेशेवर अपराधी ठाडीझिझा ८ बस्ने बिबिसी उपनाम रहेको जमाहिर पासवानलाई भेटी कार्यालयको तथा प्रमुख साहको आवासगृह देखाएका थिए। जमाहिरले देउरी परवाहा ९ निवासी कृष्ण पासवान र सुरेश पासवानको सहयोगमा घटना गराएको प्रहरीले जानकारी गराएको छ।
घटनामा संलग्न प्रमुख योजनाकार झासँग चारैजना अभियुक्तहरूलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ। प्रहरीले अभियुक्तहरूले लुटेको १ थान ल्यापटप तोडफोड गरेर खेतमा गाडिएको अवस्थामा फेला पारिएको र ४ थान मोबाइल बरामद गरिएको बताएको छ।
डाँकाहरुले तीन तोला सुन र अन्य दुईवटा ल्यापटप समेत लुटेको भएपनि ती सामानहरु हालसम्म बरामद हुन नसकेको प्रहरी निरिक्षक गोविन्द पुरीले बताए। पक्राउ परेका सबै अभियुक्तमाथि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग तथा डाँका मुद्दा दर्ता अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.