राजनीतिमा जति नै योगदान दिए पनि महिला सधै पछाडिःझाक्री

जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन हुन्छ– मन्त्री ज्ञवाली
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आज यहाँ आयोजना गरेको र्‍यालीको उद्घाटन कार्यक्रममा बोल्दै अनेरास्ववियुका पूर्व अध्यक्ष रामकुमारी
झाँक्रीले महिलाले अतुलनीय योगदान पुर्‍याउँदासमेत राजनीतिक पार्टीले उनीहरुलाई सधैँ अवसरबाट वञ्चित गर्ने गरेको गुनासो गरेकी थिइन् ।
 यस्तै कार्यक्रमको उद्घाटन गर्दै ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सरकार जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा रहेको बताइन्।
 उनले पछिल्लो पटक ग्रामीण क्षेत्रमा भइरहेका महिला हिंसाका घटना रोक्न तत्काल स्थानीय निकायको निर्वाचन गर्न जरुरी रहेको बताइन् ।
 उनले भनिन,“विगत लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा महिलामाथि बलात्कार र अपहरणलगायतका घटनासँगै विभिन्न घरेलु हिंसा हुने गरेका छन्। तत्कालै निर्वाचनको मिति तोक्न मैले मन्त्रिपरिषद्मा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
 र्‍याली त्रिचन्द्र क्याम्पसबाट सुरु भएर घण्टाघर, बागबजार, पुतलीसडक र पद्मोदय हुँदै प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो। 
  अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले राजनीतिक, सामाजिक र शैक्षिक परिवर्तनका लागि अग्रमोर्चामा लड्दै आएको अनेरास्ववियु महिला सशक्तीकरण र नेतृत्वका लागि विशेषरुपमा लाग्ने बताए ।यो वर्ष 'महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधानसभासम्म' भन्ने राष्ट्रिय नारा तय गरिएको छ। अन्तर्राष्ट्रियरूपमा 'समानता महिलाका लागि, प्रगति सबैका लागि' भन्ने नाराका साथ १०४ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०१४ विश्वभरिका महिलाले एकैसाथ मनाउँदैछन्। 
यो पनिपार्टीको समानुपातिक सूचीप्रति रामकुमारीको आक्रोश: सुध्रिएनन् भने नेपालमा पनि केजरीवालहरु जन्मिन्छन्

0 comments

Write Down Your Responses

Powered by Blogger.