सुरज बस्नेतले जापानमा आत्महत्या गरेपछि बस्नेत परिवारलाई आर्थिक सहयोग

बिहीबार एक कार्यक्रमबीच एकता युवा क्लब सतिपिपलले बस्नेतका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । विदेशमा रहेका गोरखालीले सहयोग गरेको एक लाख सात हजार ३५७ रुपैयाँ गोरखा नगरपालिकाका कार्यकारी अधिकृत दिनेशराज पन्तले सुरजका बाबु अर्जुन बस्नेतलाई हस्तान्तरण गर्नुभयो
बस्नेत परिवारलाई जापानमा रहेका गोपिराज गुरुङले ३५ हजार, सुवास गुरुङले ३७ हजार ५६, सिङगापुरमा रहेका वसन्त गुरुङले १० हजार र फ्रान्समा रहेका मनबहादुर गुरुङले १० हजार ३०० रुपैयाँ सहयोग गरेका हुन् ।
यस्तै कतारमा रहेका सुरेश परियार, सवन परियार र विपिन श्रेष्ठले पाँच÷पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका राजनराज पन्त, कार्यकारी अधिकृत दिनेशराज पन्त लगायतले मन्तव्य राख्नुभएको थियो ।
0 comments
Write Down Your Responses