मोरङमा एचआईभी संक्रमित बढे

मोरङ, फाल्गुन २४  मोरङमा एचआईभी संक्रमितहरुको संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ । सरकारी तथा गैर सरकारी संस्थाहरुले संचालनमा ल्याएको भिसिटी केन्द्रमा रगत परिक्षण गरिएकामध्ये स्वस्थ्य व्यतिहरुमा एचआईभीको संक्रमण भेटिएको हो । सरकारले सन २०१५ सम्ममा मुलुकवाट एचआईभीको नयां
संक्रमण दर एवं संक्रमित मुत्युदर समेत शुन्य वनाउने लक्ष्य राखेको छ ।रगत परिक्षण गरिएका मध्ये ३० देखि ३९ वर्ष समुहका ५ सय १५ जना एचआईभीवाट संक्रमित रहेको पुष्टि भएको छ । जिल्लामा अहिले १ हजार १ सय ६५ एचआई भी संक्रमित छन । तीन वर्ष अघि जिल्लामा ९ सय ७७ जना एचआइभी संक्रमित रहेका थिए । एचआईभी एड्स समन्वय शाखाका अनुसार जिल्लामा अहिलेसम्म एचआईभी संंक्रमित ४३ महिला सहित १ सय १५ जनाको मृत्यु भईसकेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.