खोटाङ रुखले किचेर महिलाको मृत्यु
खार्मी–९ की ५० वर्षीया मनकुमारी राईको ज्यान गएको हो ।
वर्षात्को समयमा बाल्न जोहो गरिने दाउराका लागि ढालिएको रुखले किचेर घाइते बनेकी राईको उपचारका लागि सदरमुकाम दिक्तेल लैजाने तयारी गर्दागर्दै ज्यान गएको छिमेकी देवकुमार राईले जानकारी दिनुभयो ।
मङ्गलबार दिउँसो रुखले किचेर घाइते बनेकी महिलाको बेलुका ज्यान गएको हो । मृतक महिलाको शव किराती परम्पराअनुसार गाउँमै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
0 comments
Write Down Your Responses