भारतमा बलात्कारका अभियुक्तलाई मृत्यु दण्ड दिने फैसला कायमै
चार जना अभियुक्तलाई मृत्यु दण्ड दिने तल्लो अदालतको फैसलालाई दिल्लीको उच्च अदालतले पनि कायमै राखेको छ । बलात्कार लगायतका घटना हेर्न गठीत फास्ट ट्रयाक अदालतले दोषी ठहर भएका चार जनालाई मृत्युदण्ड दिने गरी गरेको फैसलालाई उच्च अदालतले कायमै राखेको हो ।गत डिसेम्बर १६ तारिखमा दिल्लीमा आप्ना केटा साथीसँंग बसमा यात्रा गरिरहेकी २३ बर्षिया युवतीलाई बसमै सवार ६ युवाले सामूहिक बलात्कार गरेका थिए ।घटनामा संलग्न मध्ये एक जनाले हिरासतमै आत्महत्या गरेका थिए भने दोषी ठहर मध्ये एक जना नाबालिग भएको पुष्टि भएपछि उनलाई ३ बर्षको जेल सजाय सुनाइएको थियो । पीडित युवतीको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएको थियो
0 comments
Write Down Your Responses