नाबालकसहित तीन जना पक्राउ
सालको काठसहित ट्याक्टर र एक जना नाबालकसहित तीन जनालाई बुधबार राति पूर्व पश्चिम राजमार्गको गागन पुल नजिकबाट पक्राउ गरेको छ ।
चुरे जंगलबाट स१त १९३५ नम्बरको ट्याक्टरमा सालको १ सय १३ थान फेल्टा बालुवाले छोपेर नव दुर्गा सःमिल गोलबजार ल्याउने क्रममा पक्राउ गरिएको जिल्ला वन कार्यालय सिरहाका निमित प्रमुख रामनारायण यादवले बताए । ट्याक्टर चालक लालपुर ४ का राजेस्वर पासमान र ट्याक्टरमा काठ लोड गर्ने कामदार सोही ठाउँका रामकुमार यादव र १० वर्षीय बालक कमल पासमानलाई पक्राउ गरेको हो ।
निमित प्रमुख यादवले उक्त बरामद काठ १ सय १ क्यूबी फिट रहेको बताए । उनले उक्त काठ उदयपुरस्थित चुरे जंगलमा रहेको सालको रुख अबैध रुपमा कटान र चिरान गरी नव दुर्गा सःमिलका सञ्चालक रामसगुन यादवले धेरै दिन दिनदेखि ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा राति मात्रै पक्राउ गर्न सफल भएको बताए
0 comments
Write Down Your Responses