कश्मीरमा हिमपात, सात जनाको मृत्यु, तीन नेपाली हराए

तीन जना नेपाली मजदुरसहित केही मानिस हिउँमा हराइरहेका बीबीसीले जनाएको छ । हराइरहेका भनिएका नेपालीका बारेमा थप जानकारी भने खुलेको छैन । हिमपात र हिमस्खलनका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
स्थानीय विमानस्थल कार्यालय बन्द गरिएको छ भने अरु राज्यसँगको सडक सम्पर्क पनि विच्छेद भएको छ । हिमपातका कारण सञ्चार सेवा अवरुद्ध भएको छ ।
शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । उद्धार जारी रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
0 comments
Write Down Your Responses