फेसबुकमा यौनकार्यका लागि दबाब दिने पक्राउ

कार्कीले फेसबुक फ्रेन्ड लिस्टमा भएका केटी साथीलाई यौनसम्पर्कका लागि दबाब दिएर सन्देश पठाउने गरेका थिए । उनले सम्पर्कमा आउने युवतीलाई फरक–फरक ठाउँका होटेलमा बोलाउने गरेको प्रहरीको भनाइ छ । आउन नमान्ने युवतीका छिमेकीदेखि नातागोतालाई पनि एसएमएस पठाएर उनले ब्ल्याकमेल गर्ने गरेका थिए ।पछिल्लोपटक मोरङ इटहराकी एक युवतीलाई ब्लाकमेलिङ गर्ने क्रममा सफल नभएपछि कार्कीले युवतीका बाबुलाई समेत एसएमएस पठाएका थिए । त्यसपछि प्रहरीले कलडिटेल अध्ययन गरेर विराटनगर–१६ बस्दै आएका उनलाई पक्राउ गरी साइबर अपराधमा मुद्दा चलाउने तयारी थालेको हो ।
मोरङ प्रहरीका अनुसार फेसबुकमा भएको चिनजान भेटघाटमा परिणत भएपछि कार्कीले मोरङको इटहरा घर भई हाल झापाको बिर्तामोड बस्दै आएकी युवतीलाई अश्लील एसएमएस पठाएका थिए । तर, किशोरीले भनेको ठाउँमा आउन नमानेपछि बाबुलाई लामो भद्दा गालीगलोजसहितको एसएमएस पठाएका थिए ।
पटक–पटक एसएमएस आएपछि केटी पक्षले मोरङ प्रहरीमा उजुरी गरेको थियो । कार्कीलाई २६ फागुनमा प्रहरीले नियन्त्रणमा लिएको हो । ‘यौन विक्षिप्तताका रोगी’ कार्कीलाई प्रहरीले निरन्तर कलडिटेल फलो गरेर पक्राउ गरेको हो । अर्की युवतीलाई यौन ब्ल्याकमेलिङ गर्न लागेको अवस्थामा उर्लाबारीस्थित होटेलबाट यौन शक्तिवद्र्धक औषधि भियग्रासहित उनी पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक पोखरेलले बताए भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।
0 comments
Write Down Your Responses