इलामका विद्यालयमा पस्यो अख्तियार
२९ फागुन, इलाम । भौतिक निर्माण तथा मर्मत सम्भारका लागि जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको पेस्की रकम फछ्र्यौट नगर्ने विद्यालयहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान
विद्यालयहरुसँग तीन आर्थिक वर्षदेखिको तीन करोड पाँच लाख ८३ हजार ३५ रूपैयाँ बेरुजु रहेको जिशिकाले जनाएको छ । बेरुजु फछर्यौट गर्न ताकेता गर्दासमेत विद्यालयले अटेर गर्न थालेपछि अख्तियार गुहार्नुपरेको जिशिका स्रोतले जनाएको छ । अख्तियारले अहिले जिल्ला शिक्षा कार्यालयमार्फत प्रत्येक विद्यालयलाई पत्राचार गरी १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
बहुतले भवन, विद्यालय मर्मत, दुईकोठे भवन, शौचालय र मर्मत तथा पुनःस्थापना कार्यक्रमका लागि जिशिकाले विद्यालयहरूलाई सो पेस्की प्रदान गरेको थियो । तर विद्यालयले भौतिक निर्माण तथा मर्मतसम्भारका लागि लिएको पेस्की फछर्याैट नगर्दा बेरुजु देखिएको हो । जिशिअ दिलनाथ पुरीले भने, ‘पेस्की फछ्र्यौट गर्नेभन्दा निर्माण सम्पन्न गर्नेतर्फ विद्यालय लाग्नुपर्छ ।’
बहुतले भवनतर्फ एक करोड ६४ लाख ४८ हजार २३५ रुपैयाँ बेरुजु छ । यस्तै विद्यालय मर्मततर्फ १३ लाख ६६ हजार ८ सय रुपैयाा, दुईकोठे भवनतर्फ १९ लाख ८८ हजार, शौचालयतर्फ ८३ लाख र मर्मत तथा पुनःस्थापना कार्यक्रममा २४ लाख ८० हजार रूपैयाँ आर्थिक वर्ष ०६८/६९ सम्मको बेरुजु रहेको जिशिकाले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार गत आव ०६९/७० सम्म बहुतले भवन, शौचालय, मर्मत तथा पुनःस्थापना, दुईकोठे भवन र विद्यालय मर्मतमा पाँच करोड ७७ लाख ३३ हजार ३५ रुपैयाँ बेरुजु छ । बेरुजु फछर्यौट नगर्ने विद्यालयलाई अब आएका नयाँ कार्यक्रम नदिने र जिशिकालाई अटेर गर्ने विद्यालयलाई अख्तियारले नै छानबिन गर्ने जिशिअ पुरीले बताए ।
विद्यालयहरूले आर्थिक वर्ष ०६६/६७ देखि पेस्की फछ्र्यौट गरेका छैनन् । जिल्लाका ६० वटा भन्दा बढी विद्यालयले पेस्की फछर्याैट नगरेको जिशिकाले जनाएको छ । रासस

0 comments
Write Down Your Responses