दुर्इ हजार डलरमा नक्कली एमआरपी !

२९ फागुन, काठमाडौं । हस्तलिखित पासपोर्ट मात्र होइन, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नै नक्कली भेटिन थालेका छन् । नक्कली एमआरपी लिएर नेपाल आउने विदेशीहरू बारम्बार पक्राउ पर्न थालेपछि यो
तथ्य सार्वजनिक भएको हो । नक्कली एमआरपीसहित नेपाल भित्रिने विदेशीलार्इ पक्राउ गरेर अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कर्मचारीलाई सतर्क गराउँदै आएको छ ।अध्यागमन अधिकारीका अनुसार थाइल्यान्डको बैंकक तथा मलेसियामा रहेको गिरोहले नक्कली एमआरपी बनाएर बिक्री गर्दै आएको छ । दुई हजार अमेरिकी डलरमा ती देशमा नक्कली एमआरपी बिक्री हुने गरेको अध्यागमनको अनुसन्धानमा खुलेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।नक्कली एमआरपी लिएर नेपाल आएका इरानी नागरिक एलिरेजा एभार यतिबेला अध्यागमन विभागको हिरासतमा छन् । इजरायलको नक्कली पासपोर्ट लिएर उनी नेपाल हुँदै जापान जान खोजेका थिए । उनी येल डाफु नामक व्यक्तिको पासपोर्टमा आफ्नो फोटो राखी नेपाल आएका थिए । अध्यागमनका कर्मचारीले उनको पासपोर्ट शंका लागी चेक गर्दा नक्कली भएको पुष्टि भएको हो ।टर्कीको राजधानी इस्तानबुलमा दुई हजार अमेरिकी डलरमा नक्कली एमआरपी पासपोर्ट खरिद गरेको उनले बयानमा बताएका छन् । यसअघि पनि पटक–पटक नक्कली पासपोर्ट प्रयोग गरी विभिन्न देशका व्यक्ति आवतजावत गर्दा पनि अध्यागमनका कर्मचारीलाई थाहै पाउँदैनथिए ।
सम्बन्धित देशले उनीहरूलाई फर्काएपछि मात्र नक्कली पासपोर्ट भएको पत्ता लाग्थ्यो । तर, पछिल्लो समय नक्कली एमआरपी पासपोर्ट बोक्नेहरू पनि पक्राउ पर्ने क्रम बढेपछि यसको दुरूपयोग बढ्दै गएको खुलेको हो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.