भारतको संस्था देखाएर ४ करोड ठगी

काठमाडौ, २३ फागुन । मेडिकल कलेजमा लगानी थप्ने बहानामा एक चिकित्सकलाई चार करोड ठगी गर्ने पदम केशर कटुवाल र बबिनराज बस्याललाई जिल्ला अदालत काठमाडौले जनही २० लाख धरौटी मागेको छ।
न्यायाधीश इन्द्रबहादुर कार्कीले थुनछेक आदेश क्रममा बुधबार धरौटी माग गरेका हुन्। अदालतले मागेको धरौटी रकम बुझाउन नसक्दा कटुवाल र सत्याललाई कानुन बमोजिम कारागार पठाइएको छ।गण्डकी मैडिकल कलेजका तत्कालिन कार्यकारी निर्देशक दिग्विजय शर्मा तिमल्सिनालाई डेढ वर्षअघि कटुवाल र सत्यालले चार करोड ठगी गरेको प्रहरमा जाहेरी परेपछि महानगरीय अपराध महाशाखाले एक महिनाअघि उनीहरुलाई पक्राउ गरेको थियो। आजको कमाण्डर पोस्टमा खबर छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.