तेजाब छर्किने पुरुषको आँखा, नाक र कान काट्न आदेश

घटना इरानको हो । महिलालाई एसिड छ्यापेर जलाएकोमा एक युवक दोषी ठहरिएका छन् र उनको दुई आँखा, दायाँ कान र नाक काट्न आदेश दिइएको छ । उनले गत अक्टोबरमा एक युवतीलाई तेजाव छ्यापेका थिए ।इरानको उच्च अदालतको यो फैसलाप्रति इरानभित्रै बिरोध भइरहेको छ भने पश्चिमा मुलुकहरु पनि मानवअधिकारको हनन भएको भन्दै आलोचना गरिरहेका छन् ।
। तर, यस्तो अपराधमा दोषी ठहरिएकाको शरीरको अंग काट्ने न्यायिक व्यवस्था रहेको उच्च अदालतले बताएको छ । केही महिनाअघि यस्तै अपराध अभियोगमा एक पुरुषको हात र खुट्टा काटिएको थियो ।
0 comments
Write Down Your Responses