नेपालीसँग घरजम गर्दै धमाधम नागरिकता हात पार्दै भारतीय युवकहरु

विवाह भएको एक वर्ष नबित्दै मुखिया परिवारसहित नेपालमा बस्न थाले । पत्नी उर्मिलाको नाममा जग्गा किने । घर बनाए । अहिले उनी पनि नेपाली नागरिक भइसकेका छन् । गाविस सचिव हरिप्रसाद पोखरेलले भने, 'नागरिकता भएका नेपाली युवतीसँग दाइजो नलिई विवाह गर्ने भारतीय दुलाहा नेपाली नागरिक बन्ने चलन रंगेलीसहित सीमावर्ती गाविसमा बढो छ ।' उनका अनुसार दशकयता रंगेलीमा मात्र यसरी ५ सयभन्दा बढी नेपाली नागरिक भइसकेका छन् ।
रंगेलीकै जीवश मण्डलले पनि छोरी मित्राकुमारीको विवाहमा भारतीय ज्वाइँ अजितेश रायलाई छोरीको नागरिकता मात्र 'दाइजो' दिएका थिए । अहिले उनका ज्वाइँ पनि नेपाली नागरिक भइसकेका छन् । रंगेली ७ का हरिमोहन झाले पनि छोरी रीताको विवाह अररियाका सुशील झासँग गर्दा दाइजो दिनुपरेन । उनले पनि छोरीको नागरिकतालाई नै दाइजो बनाए ।२०६३ यता टोलीमार्फत नागरिकता वितरण गर्दा अधिकांश भारतीयले नागरिकता लिएको पाइएको छ । सचिव पोखरेलले भने त्यसमा पनि नेपाली युवती विवाह गर्ने भारतीय ज्वाइँ बढी छन् । राजनीतिक दलका स्थानीय नेताहरूले सिफारिस गरेपछि टोलीले नागरिकता दिएको हो । 'दलका नेता र आफन्तले नै झूटो विवरण देखाउँछन् भने टोलीको के लाग्छ ?' पोखरेलले भने, 'सीमावर्ती हरेक गाविसमा सयौं भारतीय ज्वाइँ नेपाली भइसकेका छन् ।'यसैबीच ससुरालाई बाबु बनाएर नागरिकता लिन भारत अररियाका हेरानु पासवानलाई नागरिकतासहित प्रहरीले पक्राउ गरेको छ । उनले डाइनिया घर भएका ससुरा सोनाई पासवानलाई बाबु बनाएर गत वैशाख २६ मा वंशज आधारमा ०५-११-७०-०१६९५ नम्बरको नागरिकता लिएको प्रहरीले बतायो ।
टोलीले वितरण गरेका झन्डै ४० प्रतिशत नागरिकता भारतीयको हातमा परेको प्रशासकीय अधिकृत राजन रेग्मीले बताए । 'सबैलाई यो थाहा छ,' उनले भने, 'राज्यले कडाइका साथ छानबिन गर्ने हो भने भारतीयका हातमा परेका धेरै नागरिकता रद्द गर्न सकिन्छ ।'
नागरिकताबिनै भारतीय नागरिकसँग विवाह गरेका रंगेलीका दर्जन बढी युवती र तिनका पतिले पनि टोलीमार्फत नागरिकता लिएको पाइएको छ । रंगेली ६ का दीपेन्द्र मण्डलकी छोरी अमिता कुमारीको सात वर्षअघि अररियाका रञ्जन रायसँग विवाह भएको थियो । उनीहरू दुवैले टोलीमार्फत नागरिकता लिएका छन्
रंगेली १ का समसुल मियाँले छोरी नसिमा खातुन, रंगेली ४ का चन्द्रश्वर चौधरीले छोरी बुचनीलाई, रंगेली २ का महमद खातुनले सहरुद्दिनलाई ५ का अनुपिया महतोले रुनाकुमारी महतोलाई, २ का मैययुद्दिन मियाँले सोनुलाई, २ का महोमुद्दिन खातुनले समिनालाई र ५ का मतेश्वर महतोले छोरी निराशाकुमारीसहित ज्वाइँको पनि टोलीबाट नागरिकता दिलाएको गाविस स्रोतले बतायो ।
उनीहरू सबै सात वर्ष पहिला भारतीय नागरिकसँग विवाह गरेर उतै बसोबास गर्दै आएको पुष्टि भएको छ । गाविस स्रोतका अनुसार रंगेलीमा नागरिकता टोली पुगेपछि माइती पक्षले बोलाएर झूटो विवरण पेस गरी नागरिकता लिन सफल भएको पाइएको छ ekantipur
0 comments
Write Down Your Responses