३५ घण्टा अगाडिदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएन

हिजो आईतबार बिहान ८ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेपछि अहिले १२ सय हेक्टरभन्दा बढि क्षेत्रमा आगो फैलिएको छ । आगो अहिले पनि नियन्त्रण बाहिरै रहेको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी,कटुञ्जे रेञ्जपोष्टका कर्मचारी र स्थानियले नियन्त्रणको प्रयास गरेता पनि सम्भव नभएको वन सहजकर्ता सुर्यकुमारी राईले जानकारी दिनुभयो ।
आगो नियन्त्रणमा आउन नसकेपछि बस्तिमा आगो प्रवेश नगरोस भनेर विभिन्न क्षेत्रमा अग्नी रेखा कोर्नेकाम भईरहेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । भिरपाखा रहेको जंगलमा आगो लागिरहेकाले तत्काल नियन्त्रणको सम्भावना नरहेको उहाँको भनाई छ । दुई दिनसम्म लागेको आगोको घुँवाले स्थानियको जनजिवन प्रभावित प्रभावित भएको छ ।
पानी नभएका कारण चैत्रको खडेरीमा सुकेको पात पतिङ्गरमा सल्किएको आगो नियन्त्रणमा समस्या भएता पनि नियन्त्रणको प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ
0 comments
Write Down Your Responses