खोटाङमा चट्याङबाट सल्किएको आगोले लाखौंको क्षति

खोटाङ, १ वैशाख । खोटाङमा चट्याङबाट सल्किएको आगोले घर तथा घरमा भएका सामग्री जल्दा लाखौंको क्षति भएको छ । दोर्पाचिउरीडाँडा–८ का खड्बहादुर राउतको तीनवटा घर तथा घरमा पालिएका खसीबाख्रा,
कुखुरा, काठपात, अन्नपात, लत्ताकपडालगायत जल्दा लाखौँको क्षति भएको हो । आइतबार साँझ परेको चट्याङले राउतको फुसले छाएको तीनवटा घर तथा घरमा भएका पशुचौपाया जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको अनुमान प्रहरीको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले अन्य घरमा सल्किनु नपाएको स्थानीयवासीले जनाएको छ । घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि राउतका परिवार छिमेकीकामा शरण लिएर बसिरहेका छन् ।
यस्तै आइतबार साँझ परेको चट्याङमा परी लामिडाँडा गाविस–९ की रत्नमायाँ मगर गम्भीर घाइते भएकी छिन । घरमा बसिरहेको अवस्थामा चट्याङ परेर घाइते बनेकी ६४ वर्षीया मगरको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.