पाँचथरमा महिला हिंसाका घटना बढे

कृष्ण ओझा
३ बैशाख,पाँचथर । पाँचथरमा महिलमाथि हुने हिंसाका घटना बढेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष हिंसाबाट पीडित हुने महिलाको संख्या बढेको हो ।
प्रहरी र मानवअधिकारकर्मीले समेत महिलामाथि हुने हिंसा र अन्य प्रकारका हिंसाका घटना बढ्दै गएको स्वीकारेका हुन् । इन्सेकले मंगलबार सदरमुकाम फिदिममा गरेको त्रैमासिक पूर्वसमीक्षा कार्यक्रममा हिंसाका घटना बढेको बताइएको हो ।
पाँचथरमा गत पुसदेखि चैत दोस्रो सातासम्ममा १६ वटा घटना भएको उल्लेख छ । ती घटनामा हिंसाबाट महिला धेरै पीडित भएका घटना छन् ।
तीन महिनाको अवधीमा एकजनाको हत्या, तीनजनामाथि बलात्कार, तीनजनालाई कुटपिट भएको छ । यो अवधिमा नागीमा सासु ससुराबाटै कमला अधिकारीको हत्या भयो । हत्यामा संलग्न मृतकका सासु र ससुरालाई जिल्ला अदालत पाँचथरले कारागार चलान गरेको छ ।
त्यस्तै पुस २१ गते फिदिम-१ की ज्ञानु दुलाललाई जिल्ला प्रहरी कार्यालयभित्रै प्रहरी जवानले दव्र्यबहार गरे । कतिपय घटना मिलापत्र गर्दा पीडित झन पीडित भएको अवस्था छ ।तीन महिनाको अवधिमा नागरिक तथा राजनैतिक अधिकार, बालअधिकार, महिला बिरुद्ध हुने भेदभाव, बलात्कार, यौन दुब्र्यवहार, घरेलु हिंसा, हत्या, बहुबिवाह, आर्थिक समाजिक तथा सांस्कृतिक अधिकार र उचित बाताबरणमा काम गर्न पाउने अधिकारको उल्लंघन भएको इन्सेकले जनाएको छ ।
कार्यक्रममा घटना संकलन गरेरमात्र अधिकार हनन कम नहुने जनाउँदै मानवअधिकार हननमा संलग्नमाथि अधिकारकर्मीले खबरदारी गर्न सक्नुपर्ने साधारणको भनाई छ ।
मानवअधिकारबारे कोठै बैठकमात्र नगरी पीडितका पक्षमा वकालत गर्न पनि सर्वसाधरणले मानवअधिकारकर्मीलाई आग्रह गरेका छन् 

0 comments

Write Down Your Responses

Powered by Blogger.