मोरङबाट युद्धकालीन विस्फोटक पदार्थ पक्राउ
.jpg)
प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार सेफ्टी ट्याङ्कीभित्र लुकाइराखेको अवस्थामा इलेक्ट्रोनिक डेटोनेटर १ हजार २ सय २७ थान, इलेक्ट्रोनिक फ्लास एक थान, भेरिलाइट कारिज (युद्धको बेला प्रयोग गरिने) पा“च थान, थ्रीनट थ्री राइफल र एसएलआरको ब्याल्ङ्क खोका ७७ थान, डमी राउण्ड ५७ थान, एम १६ को म्यागजिन चार थान, एलएमजीको पाँच थान, इन्सासको पाँच थान, एलएलआरको दुई थान, गोलि राख्ने ठाउ“ (चासर) १२ थान, लेङ्क्स (नेपाल आर्मीले बोक्ने)चार सय थान, एलएसडब्लुको छ थान बरामद भएको छ ।
‘चुनावका बखत चुनाव बहिस्कारवादी समूहले यसरी युद्धकालीन सामग्री लुकाएर राखेको प्रारम्भिक अनुमान छ,’ पोखरेलले सेतोपाटीलाई भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं
विशेष सुराकीको आधारमा उर्लाबारी इलाका प्रहरीका इन्सपेक्टर बेदप्रकाश गौतमको टोलीले स्कुलको सेफ्टीट्याङेकीमा छापा मारेको थियो । ठूलै घटना गराउने उद्देश्यले अपराधिक समूहले हतियार लुकाएर राखेको आशंका प्रहरीको छ ।
0 comments
Write Down Your Responses