उदयपुर,रक्तदान कार्यक्रम सम्पन्न

उदयपुरको सदरमुकाम गाईघाटमा शानिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्टार बडी फिड्नेस क्लब एण्ड जीम गाईघाटको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा लहानको प्राबिधिक सहयोगमा भएको सो कार्यक्रममा ५४ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा
महिला १८ जना र पुरुष ३६ जना रक्तदाताहरुले रक्तदान गरेको स्टार बडी फिड्नेस क्लब एण्ड जीमका सञ्चालन हरि राईले बताएका छन् । सञ्चालक राईको अनुसार कार्यक्रममा अधिकांस युवायुवतीले रक्तदान गरेको थियो । संस्थाको दोस्रो बार्षिकी उत्सबको अबसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम बिहान सात बजे देखि मध्यान्न १२ बजेसम्म रक्तदाताहरुले रक्तदान गरेको आयोजना जनाएको छ । पहिलो बार्षिकी उत्सबको अबसरमा पनि ५१ जना भन्दा बढी युवायुवतीहरुले रक्तदान गरेको सञ्चालक राईले बताए । स्वास्थ जीबनको लागी अनिवार्य ब्यायम भन्ने नाराका साथ बिगत दुई बर्ष देखि उक्त जीम सञ्चालन भईरहेको छ । सञ्चालक राईको दावा अनुसार पूर्वाञ्चलमै नभएको उत्कृट जीम खानाले युवायुवतीलाई आकर्षित गरे संगै युवायुवती ठूलो संख्यामा बिहान बेलुकी शारिरीक ब्यायम गर्ने गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.