सिराहा बालिकालाई बलात्कार गर्ने पक्राउ

सिराहा, ८ वैशाख । घरमा काम गर्न राखेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिराहाको बडहरामाल–३ का ३० वर्षीय शिवनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ कोही
नभएको मौका छोपी घरमै काम गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
यादवलाई बलात्कार ऐनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरक्षक सुवेदीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses