ओखलढुंगा जिल्ला हत्या गरिएका' जिउँदै भेट्टिएपछि
..ओखलढुंगा जिल्ला अदालतले नवलपुरका ज्ञानबहादुर माझीलाई मारेको अभियोगमा चित्रबहादुर माझी र उनका दुई भाइ छोरालाई पुर्पक्षका लागि थुनामा पठायो।
माघ २८ मा पक्राउ परेका चित्रबहादुर माझी र उनका छोराहरु कमल र सुरेन्द्रले प्रहरी र अदालतसमक्ष ज्ञानबहादुरलाई मारेको बयान दिएका थिए।
जिल्ला अदालतले कर्तव्यज्यानका अभियुक्त भएकाले पुर्पक्षका लागि थुनामा पठायो।
कात्तिक १९ गतेदेखि बेपत्ता ज्ञानबहादुर आइतबार नवलपुरमै देखा परे। उनलाई प्रहरीले पक्र्यो ।उनलाई मारेको भनी स्वीकारिसकेकालाई के गर्ने भन्नेमा प्रहरी र अदालत पनि अलमलमा पर्यो।तर सर्वोच्च अदालतले ज्ञानबहादुरबारे जिउँदो भएको कुरा छिटो बुझी थुनामा भएका चित्रबहादुर र उनका छोराहरुलाई मुक्त गर्न जिल्ला अदालत ओखलढुंगालाई बिहीबार आदेश दिएको छ।न्यायाधीश गिरिशचन्द्र लालको इजलासले मरेका मान्छे भेटिएको देखिएमा पुर्पक्षका लागि थुनामा राखिएकालाई साधारण तारेखमा छोड्न आदेश गरेको हो।ज्ञानबहादुर भेटिएपछि ज्यानमुद्दा खेपिरहेका तीनजना बाबुछोराको नामबाट अधिवक्ता सल्लु तिवारीले बुधवार सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरणको रिट दिएकी थिइन्।सोही रिटमा सर्वोच्चले ‘ज्ञानबहादुर जिउँदै भेटिएको देखिएमा उनलाई मारेको भनि आरोप लागेका व्यक्तिहरुलाई थुनामा राखी पुर्पक्ष गर्न न्यायसंगत हुन नसक्ने’ भनेको छ। सर्वोच्चले ओखलढुंगा जिल्ला अदालतलाई कुरा छिटो स्पष्ट बुझी थुनामा रहेकालाई पुर्पक्षका लागि सामान्य तारेखमा छोड्न आदेश दिएको हो।
0 comments
Write Down Your Responses