पाँचथर छुरा प्रहार गरी चार लाख लुटियो

पाँचथरको रानीटारमा गएराति छिमेकका छुवाहरूको एक समूहले स्थानीय एक व्यक्तिको घरमा तोडफोड गरी लुटपाट गर्नुका साथै छुरा प्रहार गरी एक जनालाई गम्भीर घाइते बनाएका छन् ।
रानीटार ४, माङलुवाका हरिचन्द्र नेम्वाङको घरमा सोही ठाउँका २५ बर्षीय सुशील तुम्रुकसहित ३-४ जनाको
समूहले ढुङ्गा प्रहार गरी झ्यालढोका फुटाउनुका साथै नेम्वाङका २९ बर्षीय छोरा पवनलाई शरीरको बिभिन्न भागमा छुरा प्रहार गरी घाइते बनाएका हुन् ।
राति ११ बजेतिर आएको सो समूहले नेम्वाङको घरभित्र रहेको दराज फुटाई नगद ४ लाख रूपैयाँ लुटेरसमेत लगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घाइते पवनको जिल्ला अस्पतालमा उपचार भइरहेको घटनामा संलग्न अभियुक्तहरूको खोजतलास एवम् अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.