चक्रे मिलन धरौटीमा रिहा भएलगत्तै फेरि ‘पक्राउ’

सम्पति शुद्धिकरण मुद्दामा विशेष अदालत काठमाडौंको आदेशमा एक करोड धरौटी रकम बुझाई उनी आज रिहा भएकामा प्रहरीले सोधपुछका लागि भन्दै फेरि पक्राउ गरेको गुरुङ निकट स्रोतले बताएको छ ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागले गुरुङले ७ करोड आठ लाख रुपैयाँ बराबरको अवैध सम्पति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले गत वर्ष जेष्ठमै गुरुङसँग एक करोड रुपैया धरौटी मागेकोमा उनले हिजो मात्र बुझाएका हुन् ।
0 comments
Write Down Your Responses