प्यालेस्टाइनको रकेट हमलाबारे जानकारी दिन इजरायलले बनायो मोबाइल एप्लीकेसन

यसरी दुई देशबीच भिडन्त जारी रहँदा इजराइलमा यस्तो मोबाइल ऐप्लिकेसन तयार गरिएको छ जसले प्यालेस्टाइनबाट हानिएको रकेटको सूचना दिन्छ र इजरायलीहरुलाई पहिलेनै सतर्क हुन जानकारी दिन्छ ।
यसअघि पनि इजरायलमा ‘रेड अलर्ट’ नामक प्यालिस्टाइनी रकेटको सूचना दिने सेवा प्रयोग हुँदै आएको थियो । यसलाई इजरायली वायुसेना र होम फ्रन्ट कमाण्डले प्रयोग गर्थे । अहिले मोबाइल ऐपको मद्दतले यही रेड अलर्टको हरेक मानिसको मोबाइलमा रकेटबारे सूचना दिइनेछ ।
रेर्ड अलर्टलाई दुई इजरायली आरी स्प्रुंग र कोबी स्नायरले तयार गरेका हुन् भने यस ऐप अमेरिकाको सान फ्रान्सिस्को निवासी एक इजरायलीले बनाएका हुन् ।
यद्यपि विशेषज्ञहरुले यसलाई आधी तयारीमा शुरु गरिएको भन्दै आलोचना गरेका छन् ।
0 comments
Write Down Your Responses