बाढीले बगाएर माडीमा एकको मृत्यु

चितवन, २९ असार । अविरल वर्षापछि आएको बाढीले बगाएर चितवनको माडीमा आज एकजनाको मृत्यु भएको छ ।
माडीको बगौडा–८ ब्रह्मपुरीकी ६० वर्षीया इशारा विकको बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।  प्रहरीका अनुसार विकलाई आज मध्याह्न बाँदरमुढे खोला तर्ने क्रममा एक्कासि बढेको बाढीले बगाएको थियो । माडीमा अहिले पनि वर्षा र बाढीको प्रकोप जारी रहेको छ । हिजो बाढीले विभिन्न गाउँ डुबानमा पारेको थियो भने दर्जनौ घर भत्काएको थियो । आज पनि पानी परिरहेकाले स्थानीयवासी त्रासमा छन् । बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न गएका जिल्ला विपद् व्यवस्थापनका टोली पनि वर्षाका कारण काम रोक्न बाध्य भएको जनाइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.