घुस लिएको आरोपमा ३ इन्जिनियर अख्तियारको नियन्त्रणमा

इन्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र लेखा अधिकृत ऋषिभक्त तिमिल्सिनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको प्रगति निर्माण सेवा कम्पनीसँग मोटो रकम घुस मागेपछि सो कम्पनीका प्रतिनिधिले अख्तियारमा जानकारी गराएको स्रोतले जनाएको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट अधिकृत एवं सुरक्षा निकायका प्रहरी उपरीक्षकसहितको टोलीले कार्यालयमा छापा मारेको थियो ।
अख्तिायारले इन्जिनियर अधिकारीबाट १ लाख ५० हजार र २ लाख २८ हजार, पण्डितबाट २३ हजार, लामिछानेबाट एक लाख र लेखा अधिकृत तिमिल्सिनासँग रहेको २० हजार रुपैयाँ बरामद गरेको छ ।
डिभिजन प्रमुख रविन्द्रबहादुर थापाले भने शुक्रबारबाट बिदामा रहेकाले यस विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएको बुझिएको छ ।
0 comments
Write Down Your Responses