ट्रान्सफर्मर पड्कँदा ज्यान गुमाएका मृतकका परिवारलाई पाँच/पाँच लाख क्षतिपूर्ति

खोटाङ, ३० असार । विद्युत् ट्रान्सफर्मर पड्कँदा ज्यान गुमाएका खोटाङका दुई परिवारलाई पाँच÷पाँच लाख क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।
शनिबार बिहान घरछेउमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर पड्कँदा ज्यान गुमाएका बुइपा–१ बस्ने ४५ वर्षीया कालीमायाँ राई र ४९ वर्षीया पदमसरी राईको परिवारलाई रु पाँच÷पाँच लाख क्षतिपूर्ति र रु १५÷१५
हजार किरिया खर्च उपलब्ध गराइने भएको हो ।
घटनापछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सो निर्णय गरेको विद्युत् प्राधिकरण शाखा खोटाङका प्रमुख ध्रुवकुमार बिसीले जानकारी दिनुभयो ।
शाखा प्रमुख बिसीका अनुसार मृतकको परिवारका एक÷एकजनालाई प्राधिकरण शाखामा अस्थायी रोजगारीको समेत व्यवस्था गर्ने निर्णय भएको छ ।
घटनामा घाइते १६ वर्षीया निजा राई र ५० वर्षीय कृष्ण श्रेष्ठलाई उपचारमा लाग्ने खर्चसमेत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
ट्रान्सफर्मर पड्कनासाथ सर्ट भएको विद्युत्मा परी घाइते बनेका कालीमायाँ र पदमसरीको उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लाने क्रममा मृत्युभएको थियो । उपचारका लागि काठमाडौँ पु¥याइएका कालीमायाँ र पदमसरीलाई स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए ।स्थानीय मीना राईका अनुसार उनीहरूसँगै काठमाडौँ पु¥याइएको घाइते निजाको केएमसी अस्पतालमा र अर्का घाइते कृष्णको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.