रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

सप्तरी, ३० असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ खरचुहियाँमा गएराति मोटरसाइकलले सडकछेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ राति ११ बजे खरचुहियाँबाट कल्याणपुरतर्फ आउँदै गरेको स२प ६८२८ नम्बरको मोटरसाइकलले सडकछेउमा
रोकिरहेको ना२ख ९००४ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक सप्तरीको कल्याणपुर–८ निवासी ३० वर्षीय धनिलाल चौधरी र मोटरसाइकलमा पछाडि सवार कल्याणपुर–२ निवासी २६ वर्षीय राम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राति लगिएकोमा करिब १ बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
0 comments
Write Down Your Responses